Logo

प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्छु– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्ने बताएका छन् । आज (बिहीबार) नेपाल बार एशोसिएसनका पदाधिकारीसँग बालुवाटारमा भएको भेटवार्तामा उनले संवैधानिक परिषद्का पदाधिकारीहरुसँग पनि परामर्श गरेर छिट्टै निष्कर्षमा पुग्ने बताएका हुन् ।

बारले विगत १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा न्यायलय चलिरहेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न सरकारलाई ध्यानाकार्षण गराएको हो ।

‘प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्यायपालिकाको शाख गिरेको छ भन्ने कुरा हामीले प्रधानमन्त्रीसँग राख्यौं । न्यायपालिकालाई चारैतिरबाट याट्रयाक छ । यस्तो अवस्थामा पनि १४ महिनाबाट प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन भन्ने कुरा हामीले प्रधानमन्त्रीसँग राख्यौं । उहाँ संवैधानिक परिषद्को अध्यक्ष पनि हुनुहुन्छ । उहाँले प्रयास गरिराखेको छु भनेर हामीलाई भन्नुभयो,’– नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्