Logo

‘हामी तीन भाई अंगालो हालेर संसद् छिर्दाको दृश्य हेर्नलायक हुनेछ’



काठमाडौं, ३० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले उपनिर्वाचनमा आफ्नो पार्टीका तीन जना नै उम्मेदवारले जित्ने दाबी गरेका छन् । तनहुँ– १ को चुनावी सभामा रहेका वाग्लले तीन जनाले नै उपनिर्वाचन जितेर संसद् छिर्दाको दृश्य हेर्न लायक हुने बताए ।

‘बारा­–२ बाट रमेश खरेल, तनहुँ– १ बाट म र चितवन– २ बाट सभापति रवि लामिछाने निर्वाचित भएर हामी तीन भाई संसद्मा अंगालो हालेर छिर्दाको दृश्य हेर्नलायकको हुनेछ,’– उनले भने ।

तनहुँ– १ मा डा. वाग्लेलाई गोविन्दराज जोशीले समर्थन गरेका छन् । लामो समय पार्टी (नेपाली कांग्रेस) को कारबाहीमा रहेका नेता जोशीले कांग्रेसका पदाधिकारीसँगको वार्ता असफल भएपछि आज औपचारिक रुपमै भेटेर उनलाई सघाउने वचन दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्