Logo

एक दिनपनि टिकेन नेप्सेको उछाल,आज पुनः२९अंकको गिरावट



काठमाडौं,३० चैत । यो वर्षको अन्तिम दिन आज (बिहीबार)शेयर बजार परिसुचांक नेप्सेमा भारी गिरावट आएको छ ।
हिजो एकैदिन ९२ अंकले बढेको नेप्सेमा आज२९.७ अंकको गिरावट आएको छ ।

आज नेप्से २९.७ अंकले घटेर १९३४.४७ अंकमा झरेको छ ।

आज कारोबार भएका कुल २१८ कम्पनिमध्ये १८६ कम्पनिका लगानीकर्ताले गुमाउँदा २८ कम्पनिका लगानीकर्ताले भने नाफा कमाएका छन् ।

आज ४९लाख १३ हजार कित्ता बराबरको कुल एक अर्ब ६५ करोड ५३ लाख ३४ हजार  कारोबार भएको छ ।

बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय नेपाल बैंकर्स संघले गरेसँगै हिजो अत्याधिक मात्रामा बढेको नेप्से आज पुनः घटेको हो ।



प्रतिक्रिया दिनुहोस्