Logo

संसद्मा माननीयहरुले रचनात्मक ढंगले आवाज उठाइरहनु भएको छ– उपसभामुख राना (भिडियोसहित)



काठमाडौं, १ वैशाख । प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले जनताको आवाज सुन्न र कार्यान्वयनका लागि आफूहरु निरन्तर लागिरहेको बताएकी छन् ।हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहज्छन्’ कार्यकममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्मा माननीयहरुले रचनात्मक ढंगले आम जनता र सडकको आवाज उठाइरहेको उनले बताईन् ।

‘एक जना माननीय ज्यूले सरकारले संसद्को आवाज सुनेन भनेर मौन पनि बस्नुभयो । सिर्जनात्मक ढंगले जनताका आवाजहरु, सडकका आवाजहरु र आम जनताको आवाजहरु ल्याउने काम गर्नु भएको छ । हामीले सुनेका छौं । थुप्रै विधेयकहरु आइरहेको छ । विभिन्न कारणबस पछि पर्न गइरहेको छ । विधेयकहरु चाडैं समितिमा गएर छलफल होस्, विषयगत समिति पनि छिट्टै टुंगो लागोस् भन्ने मेरो आशा र विश्वास छ,’– उनले भनिन् ।

अहिलेको आवश्यकता राम्रो शिक्षा भएको उनको भनाई छ । यसका लागि घरबाटै सुरुवात गर्न आवश्यक रहेको उनले बताईन् ।

 

 



प्रतिक्रिया दिनुहोस्