Logo

आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउँछ– रवि लामिछाने



काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि निरन्तर रुपमा आक्रमण भइरहेको बताएका छन् ।
आज (शुक्रबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर ४ को आम निर्वाचनमा रास्वपाले पाएको जनमतबाट आत्तिएर आफूहरुमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाई छ ।

‘हामीले एउटा घण्टी गत निर्वाचनमा बजायौं । त्यो घण्टीको आवाज त्यति ठूलो थिएन, अलिकति सानैं थियो । तैपनि २० जना साथी संसद् गयौं । यसबाट सायद आत्तिएर होला, तर्सिएर होला, अबको चुनावसम्म त यिनको घण्टी बज्छ, यिनको घण्टी होइन, हाम्रो बाजा बज्छ भनेर होला हामीलाई चारैतिरबाट आक्रमणमाथि आक्रमण, निरन्तर आक्रमण भइरहेको छ,’– उनले भने ।

नेपाली जनताले खोजेजस्तो लहरका साथ आफूहरु राजनीतिमा आएको उनको दाबी छ । नेपालीहरुले एउटा युग पर्खिएर परिवर्तनका लागि आफूहरुको एजेण्डा स्विकार गरेको उनको दाबी छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्