Logo

वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने (नेकपा एस)को निर्णय



काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा एसले बि सं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई आधार बनाएर बैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने भएको हो ।



प्रतिक्रिया दिनुहोस्