Logo

गोली प्रहारबाट घाइते माओवादी नेता पुनकी आमाको स्वास्थ्य अवस्था खतरामुक्त



काठमाडौं, २ वैशाख । प्रहरी सहायक हवल्दारले गोली प्रहार गर्दा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’की आमा तीर्थमाली पुन मगर घाइते भएकी छन् ।

७० वर्षीया पुन मगरमाथि गएराती काठमाडौंको मालीगाँउस्थित घरमै गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाईते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटना काठमाडौं मालीगाँउमा रहेको नेता पुनको दाइको घरमा भएको बताइएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् ।

प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर सोही घरमा बस्दै आएका थिए । नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको प्रारम्भीक प्रहरी अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ ।  अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्