Logo

माओवादी नेता पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरी हवल्दार हेडक्वार्टरमा



काठमाडौं, २ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरलाई गोली प्रहार गर्ने प्रहरी हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

गएराति उनले प्रहरी हवल्दार प्रकाश पुन मगरले तीर्थमालीलाई गोली प्रहार गरेका थिए । घटनालगत्तै प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको र अहिले उनलाई प्रहरी प्रधान कार्यालय पुर्याइएको बताइएको छ ।

तीर्थमाली र प्रकाश नातामा हुजुरआमा नाती हुन् । प्रकाश कायम मुकायम प्रधानन्यायधीशको सुरक्षा टिममा कार्यरत थिए । उनी तीर्थमालीकै घरमा बस्थे । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्