Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा–नेपाल बालुवाटारमा



काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्न उनीहरु आज (शनिबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । तीन दलका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, आगामी उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भइरहेको बताइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्