Logo

बालेनलाई महेश बस्नेतको सुझाव– ‘आलोचनालाई पनि स्थान दिनुस्’



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको बताएका छन् ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं मआधिवेशनको समीक्षका लागि रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कहिले काही बालेनको काममा टिप्पणी र आलोचना हुने गरेको भन्दै त्यसलाई आत्मसाथ गर्न आवश्यक रहेको उनले बताए ।

‘बालेनजी नयाँ जोस जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्विकारे पछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था छैन । मेरो बालेनजीप्रतिको टिप्पणी आलोचनालाई पनि तपाईँले स्थान दिनुस् भन्ने हो । कहिलेकाही उहाँले गरेका काममा आएका टिप्पणी र अनुभवी साथीहरुले दिएका सुझावहरुलाई आत्मसाथ गर्नुस् भन्ने मेरो सुझाव हो,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्