काठमाडौं, ३ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ।
पहिलो खेल नेपाली समयानुसार अपरान्ह ३:४५ बजेदेखि भारतको वान्खडे स्टेडियममा सुरु हुनेछ।
यस्तै, अर्को खेल गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच हुँदैछ।
सो खेल नरेन्द्र मोदी स्टेडियममा साझ ७:४५ बजेदेखि सुरु हुनेछ।
१० टोली सम्मेलित आइपीएलमा राजस्थान ४ खेलमा ३ खेल जित्दै अंकतालिकाको शिर्षस्थानमा रहेको छ।
त्यस्तै, गुजरात ४ खेलमा ५ खेल जित्दै अंकतालिकाको तेश्रो स्थानमा रहँदा कोलकत्ता समान ४ खेलमा २ खेल जित्दै पाँचौ स्थानमा रहेको छ।
मुम्बईभने तीन खेलमा एक खेल जित्दै अंक तालिकाको नवौं स्थानमा रहेको छ।