Logo

टिआरसीको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा



काठमाडौं, ४ बैशाख । संक्रमणकालीन न्याय (टिआरसी)को विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी रहेका छन्।

सत्ता गठबन्धनले संसद्‍मा विचाराधीन रहेको टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसै विषयमा आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री दाहाल र कांग्रेस सभपाति देउवाले छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्