Logo

मलेसियाविरुद्ध ललितले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका ललित नारायण राजवंशीबाट मलेसियाका विरन्दीप सिंहको विकेट गुमेको हो ।

विरन्दीप सिंह ४६ रन बनाएर आउट भएका हुन् । उनले ९४ बलको सामना गर्दै २ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् ।

ताजा अवस्थामा मलेसिया ३९ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १५९ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागी गुल्सन झा,सन्दीप लामिछाने र ललित राजवंशीले समान एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्