काठमाडौं,५ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलोे ओभरमै झट्का लागेको छ ।
नेपालले पहिलो ओभरको अन्तिम बलमा आसिफ शेखलाई गुमाएको हो ।
आसिफ ३ बलको सामना गर्दै एक रन बनाएर आउट भएका हुन् ।
ताजा अवस्थामा नेपाल १ ओभरको खेल सकिँदासम्म एक विकेटको क्षतिमा ५ रन बनाएर खेलिरहेको छ ।