Logo

गृहमन्त्री श्रेष्ठको राजीनामा माग



काठमाडौं, ५ बैशाख । मिटरब्याजी पीडित समूहले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

मंगलबार माईतीघरमा प्रदर्शन गर्दै पीडित समूहले गृहमन्त्री श्रेष्ठको आदेशमा सोमबार आफ्नो समूहमाथि प्रहरीले आक्रमण गरेको भन्दै राजीनामा माग गरेका छन्।

उनीहरुले माईतीघरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठले आफ्नो माग सम्बोधनको साटो सोमबार शान्तिबाटीका प्रहरी लगाएर दमन गरेको भन्दै राजीनामा दिनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्।

पीडित समूहले आफूहरुको माग सरकारले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

file photo



प्रतिक्रिया दिनुहोस्