Logo

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्समा उपचार हुँदै



काठमाडौं, ६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्ली पुगेका छन्।

बुधबार राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि एयर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल पुगेका हुन्।

छातीमा संक्रमण देखिएपछि मंगलबार महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार नभएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

राष्ट्रपति पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो।

राष्ट्रपति पौडेल एम्स अस्पताल नपुग्दासम्म उनको उपचारमा त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालका चिकित्सकको टोली खटिएको थियो।



प्रतिक्रिया दिनुहोस्