Logo

भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् : महासचिव भुसाल



काठमाडौं, ६ बैशाख । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडिरहेको आरोप लगाएका छन्।

एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेप्रति लक्षित गर्दै अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडिरहेको आरोप लगाएका हुन्।

उनले भने, ‘अहिले कोसँग फुट्छ र को कोसँग मिल्छ भन्न सक्ने अवस्था छैन। कांग्रेससँग मिलेर गठबन्धन गरेर समाजवाद ल्याउने कुरा गर्छौ भनेर हामीलाई प्रश्न सोध्ने ठाउँ छ। अर्कोतिर कम्युनिष्ट पार्टीको झण्डा टाँगेर राप्रपासँग गठजोड गरेर हिँडेको छ। अरु दक्षिणपन्थीहरूसँग मिलेर हिँडेको छ। अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन्। तीनिहरूसँग गठबन्धन भएको छ। पूजा भइरहेको छ।’



प्रतिक्रिया दिनुहोस्