Logo

बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न सांसद पाण्डेको माग



काठमाडौं,६ वैशाख । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना तत्काल सुरु गर्न माग गरेका छन् ।

आजको (बुधवार)प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले आयोजना निमार्णको काम अगाडी बढाउने प्रतिज्ञा गर्न सरकारलाई सभामुख मार्फत रुलिङको माग गरेका छन् ।

१२ सय मेगावाटको राष्ट्रिय गौरवको धादिङ र गोरखाको सिमानामा रहेको आयोजनाको विस्तृत अध्यययन सकिएको र वातावरणिय प्रभाव मुल्यांकनको कार्यसमेत सकिएको भन्दै उक्त आयोजना तत्काल सुरु गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पाण्डेले उक्त आयोजना सम्पन्न गर्न २ खर्ब,६० अर्ब रकम आवश्यक पर्ने उल्लेख गर्दै
‘सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ । वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’ उनले भने ।

यो आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै उनले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्