Logo

युवराज सफललाई कारवाही गर्न सांसद बडूको माग



काठमाडौं,६ वैशाख । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफललाई कारवाही गर्न सरकारसँग माग  गरेका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद बडूले दोहोरो नागरिकता लिएको विषयमा संयोजक पौडेलले गृहमन्त्रालयमा दिएको उजुरीप्रति आपत्ति जनाउदै आधारहिन कुरालाई लिएर भ्रमछर्ने काम नर्गन आग्रह गरे । उनले  दोहोरो नागरिकताको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न
सफललाई चुनौती दिदै  घोर भत्र्सना जनाएका छन् ।

दोहोरो नागरिकता र विदेशको ग्रिनकार्ड लिएको भन्दै सफलले आज कांग्रेस नेता बडूसहित नेताहरु मिनेन्द्र रिजाल,सुजता कोइराला,अनुराधा कोइराला,सरिता गिरी,रेणु दाहाल,स्वर्णिम वाग्ले,परमानन्द झा,गंगा दाहाललगायतको नागरिकता छानविन गर्न निवेदन दिएका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्