काठमाडौं,६ वैशाख । काठमाडौंमा मंगलवारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा युएईले कुवेतलाई १४३ रनले पराजित गरेको छ ।
युएईले दिएको ३७२ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको कुवेत ३६.३ ओभरमा अल आउट हुँदै २२८ रनमा समेटियो ।कुवेतको लागि सैयद मोनिवले ६८ तथा प्रभीन्दर कुमारले ५३ रनको योगदान गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
यसअघी कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो ३७१ रनको विशाल योगफल तयार गर्न भृत्य अरविन्दले १८५ तथा रोहन मुस्ताफाले ११८ रनको शतकीय पारी खेलेका थिए ।