Logo

भट्टराई जिताउन तनहुँ झरेका कांग्रेस सभापति देउवाले के भने ?



काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँको व्यास अब राष्ट्रपतिको भूमि बनेको बताएका छन्।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेद‍्वार रहेका डा गोबिन्द भट्टराईलाई जिताउन बुधबार तनहुँ-१ स्थित डुम्रे बजार पुगेका सभापति देउवाले तनँहुको व्यास अब राष्ट्रपतिको भूमि बनेको बताएका हुन्।

देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम नरहेको बताउँदै सभापति देउवाले भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ। व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो।’

सभापति देउवाले उम्मेद‍्वार भट्टराईलाई जिताउन आग्रहसहित तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो पनि भएको बताएका छन्।

यस्तै, उनले थपे ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि’



प्रतिक्रिया दिनुहोस्