Logo

सदनमाथि सरकारको हालीमुहाली बन्द गर्न रास्वपा सांसद श्रेष्ठको माग



काठमाडौं,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली बढेको भन्दै असन्तुष्ट व्यक्त गरेकी छन् ।

आज बसेको प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले संसदमाथि सरकारको हालीमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन् ।

उनले मंगलबार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाइन् ।

उनले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्न समेत गरिन् । उनले संसद् र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गरिन् ।



प्रतिक्रिया दिनुहोस्