Logo

यूएईमा रहेका नेपाली ड्राइभरलाई ७० करोड बढीको चिट्ठा



काठमाडौं, ६ बैशाख । यूएईमा कार्यरत नेपाली ड्राइभरलाई ७० करोड रुपैयाँको चिट्ठा परेको छ।

यूएईमा ड्राइभरको रहेका पदमले महजुजलाई राफल ड्र मार्फत २० मिलियन दिराम अर्थात् ७१ करोड ७७ लाख भन्दाबढीको चिट्ठा जितेको यूएईको सञ्चार माध्यमहरुले जनाएका छन्।

युएईका सञ्चारमाध्यमहरुका अुनसार पदमले पाँचै नम्बरको चिट्ठा मिलाएका हुन्। उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ।

सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठूलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका छन्।

photo : khaleejtimes



प्रतिक्रिया दिनुहोस्