Logo

प्रधानमन्त्री दाहालविरुद्ध उजुरी



काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध उजुरी परेको छ। प्रधानमन्त्री दाहालविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो।

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारवाहीको दायरमा ल्याउनु पर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

गठबन्धनका उम्मेद्‍वार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार तनहुँ पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्