Logo

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने



काठमाडौं, ७ बैशाख । सरकारले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ। सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो।

उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ।

पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहेका छन्।

त्यसैगरी समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन मन्त्रालयका उपसचिव सदस्यसचिव रहेका छन्।



प्रतिक्रिया दिनुहोस्