Logo

हिमालयन इन्टरनेसनल एक्स्पो आजदेखि, मन्त्री किराँतीले गरे उद्घाटन (फोटोफिचर)



काठमाडौं, ८ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले हिमालयन इन्टरनेसनल एक्स्पोको उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटी मण्डपमा शुक्रबार (आज) देखि सुरु भएको एक्स्पोको मन्त्री किराँतीले उद्घाटन गरेका हुन् । स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । प्रदर्शनी तीन दिनसम्म चल्ने आयोजक टिमले बताएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रवर्धन गर्न आवश्यक रहेको बताए । स्थानीय उत्पादले हजारौं वर्ष पुराना आफ्ना ज्ञान र सीप पछिल्ला पुस्तालाई हस्तान्तरण गर्न सफल भएको भन्दै उनले प्रसंशासमेत गरे ।

‘स्थानीय उत्पादनको प्रवर्धन गर्नु भनेको समाजवादी अर्थतन्त्रसँग जोडिन्छ । स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय रुपमा प्रवर्दन गर्न आवश्यक छ । यो रैथाने ज्ञानसँग सम्बन्धित छ, जसले हजारौं वर्षदेखि आफ्नो हस्तकलाहरु पुस्तालाई हस्तान्तरण गर्दै आएको छ,’– मन्त्री किराँतीले भने ।

साथै, स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्धन र बजारीकरणका लागि नेपाल सरकारले प्रहल गर्नेसमेत मन्त्री किराँतीले आयोजक टिमलाई विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्