Logo

बालेनविरुद्धको मुद्धा खारेजीका लागि लिखित जवाफ पेश (जवाफसहित)



काठमाडौं, ८ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहसहित ४ जनाका विरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दा खारेजी गर्नको लागि लिखित जवाफ पेश भएको छ।

महानगरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवाः सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट विमुख बनाउने उद्देश्य रिट निवेदनमा राखिनु नहुने उक्त जवाफमा उल्लेख गरिएको छ।

वास्तविक भूमिहीन सुकुम्वासी जोगाउने भन्दा पनि समग्ररुपमा अनधिकृत बस्ती जोगाउने उद्देश्य अन्तर्निहित देखिन्छ। यी कारणबाट रिट निवेदकको सरोकार प्रचलित कानुन तथा सर्वोच्च अदालतबाट जारी भएका न्यायिक आदेश, फैसला एवं प्रतिपादित नजिर सिद्धान्तसम्मत नभएको हुँदा रिट निवेदन प्रथम दृष्टिबाटै खारेजभागी छ, खारेज गरी पाऊँ भन्दै महानगरले मुद्दा खारेजीका लागि लिखित जवाफ पेश गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्