Logo

झलनाथ खनाल भन्छन्, ‘कोदो खानुस, कोदो खानाले म अहिले म्याराथनमा दौडिने भएको छु’



काठमाडौं, ८ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कोदो सेवन गर्न आग्रह गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्समा बोल्दै नेता खनालले कोदो सेवन गर्न आग्रह गरेका हुन्।

उनले कोदो बहुगुणी रहेको बताउँदै आफूलेपनि कोदोको सेवन धेरै गरेको भन्दै कोदोले अहिले सुगर र प्रेसर हराएको बताए।

कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्