काठमाडौं, ८ बैशाख । निर्वाचन आयोगले मतदानका दिन हावाहुरी र पानीले प्रभावित पार्नसक्ने भन्दै त्रिपाल वा प्लाटिकको व्यवस्था गर्न निर्देशन दिएको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै हावाहुरी र पानीले प्रभावित पार्नसक्ने भन्दै त्रिपाल वा प्लाटिकको व्यवस्था गर्न निर्देशन दिएको हो।
विज्ञप्तिमा भनिएको छ ‘मिति २०८०/०१/१० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र वर्षादको कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी उक्त दिन मतदान कार्य सुचारू रूपले सम्पन्न गर्न तथा निर्वाचन सामग्रीहरू समेतको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारी लगायत आवश्यक पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तहहरू तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रहरूलाई आयोगको निर्णयानुसार निर्देशन दिइएको छ।’
file photo