Logo

एमालेमा फर्कनुको कुनै तुक छैनः झलनाथ खनाल



काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आफू नेकपा (एमाले) मा फर्कने कुरा हल्लामात्रै भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेता खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेमा फर्कनुको कुनै तुक नभएको बताएका हुन् । ‘हामीले बनाएको पार्टी छाडेर एमालेमा फर्कनुको कुृनै तुक छैन,’– उनले भने ।

साथै, देशको राजनीतिक स्थिरताका लागि वाम शक्तिहरु एक हुनुको विकल्प नरहेको उनको भनाई छ । अहिले वाम शक्तिहरु तितरवितर भएको कारणले मुलुकमा राजनीतिक स्थिरता कायम नभएको उनले दाबी गरे । File Photo/Reporters Nepal 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्