Logo

कम्युनिष्ट आन्दोलनलाई सुदृढ पार्न वैचारिक र भावनात्मक एकता आवश्यक छः मुख्यमन्त्री अधिकारी



काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताएका हुन् ।

‘प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो’, शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि जीवनोत्सर्ग गर्ने सहिद तथा आन्दोलनमा योगदान गर्नेप्रति सम्मान प्रकटसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्