Logo

उपनिर्वाचन अपडेटः तनहुँ– १ मा खस्यो २५ प्रतिशत मत



काठमाडौं, १० वैशाख । आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदाताहरु आफ्नो नाम रहेको मतदान केन्द्रमा गएर लामबद्ध भई मतदान गरिरहेका छन् । तनहुँ– १ मा अहिलेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँ– १ मा एक सय ५२ मतदान केन्द्र रहेको छ भने ६९ वटा मतदानस्थल रहेको छ । तनहूँमा एमालेबाट सर्वेन्द्र खनाल, नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेसहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तनहुँ– १ मा एक लाख २३ हजार तीन सय पाँच जना मतदाता छन् ।
File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्