Logo

नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपालमा उत्पादित सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने गरी कानुनी व्यवस्था गर्न पनि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेका छन् ।

‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’– प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्