Logo

खाना पारखीको रोजाइमा ‘भिनोलिभा रेष्टुरेन्ट एण्ड बार’



काठमाडौं, १० बैशाख । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ।

युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्वाधिक रोजाईमा परेको छ।

भिनोलिभा रेष्टुरेन्टले कन्टिनेन्टल खानादेखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदान गर्ने खड्काले बताए। त्यसका लागि अलगअलग विधाका सेफहरुद्वारा भिनोलिभा रेष्टुरेन्टमा उत्कृष्ट स्वादिष्ट र हाइजेनिक खानाहरु सर्भ गरिने रेष्टुरेन्टले जनाएको छ।

पर्याप्त पार्किङसहितको राम्रो सुविधा भएका यस रेष्टुरेन्टमा ५ सय जनासम्मको कुनैपनि विवाह, जन्मदिन, वार्षिकोउत्सवलगायत पार्टी हाउसको लागि उपयुक्त रहेको खड्काको भनाइ छ। खड्काका अनुसार ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन्।

हाईजेनिक खानाका साथै हरेक दिन फरकफरक प्रकारको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल, थकाली खानादेखि ब्रियानीसमेतको हरेक दिन फरकफरक स्वाद लिन पाइनेछ भने अन्तर्राष्ट्रियस्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ।



प्रतिक्रिया दिनुहोस्