Logo

युएईद्धारा सिंगापुरसामु ४७२ रनको विशाल लक्ष्य प्रस्तुत



काठमाडौं,१० वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समुह ‘बी’ को खेलमा युएईले सिंगापुरविरुद्ध ४७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्रस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै ४७१ रनको विशाल योगफल तयार गरेको हो ।

युएईलाई विशाल लक्ष्यतर्फ अग्रसर बनाउन कप्तान म्हमद वासीम र भृत्य अरवीन्दले विष्फोटक शतक प्रहार गरे ।
वासिमले ८२ बलको सामना गर्दै १६ छक्का र ९ चौकाको मद्दतमा १६० रनको विष्फोटक पारी खेले । त्यस्तै अरविन्दले १३३ बलको सामना गर्दै १७ चौका र ७ छक्काको मद्दतमा १७४ रनको योगदान गरे ।

त्यस्तै आएन अफ्जाल खांनले ७४ रनको अर्धशतकिय पारी खेल्दा सन्चित शर्मा २० रनमा नट आउट रहे ।
वलिङतर्फ सिंगापुरका आदित्य भार्रगाव ले ४ तथा रमेश कालिम्थुले ३ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्