Logo

कांग्रेस सांसद खतिवडाको पहलमा ओखलढुङ्गामा प्रोटेबल अग्नि नियन्त्रक



काठमाडौं, १० वैशाख । गृहमन्त्रालयले ओखलढुङ्गामा एक थान प्रोटेबल अग्नि नियन्त्रक उपलब्ध गराएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको पहलमा मन्त्रालयले उक्त प्रोटेबल अग्नि नियन्त्रक उपलब्ध गराएको हो ।

उक्त प्रोटेबल नियन्त्रक खास गरी बाटो नहुने ठाउँहरुमा र जंगलमा लागेको आगो नियन्त्रणका लागि उपयोगी हुनेछ । ५३ किलो तौल रहेको प्रोटेबल अग्नि नियन्त्रकलाई २ जनाले बोक्न मिल्छ ।

उक्त अग्नि नियन्त्रक जिल्लाको सिद्दिचरण नगरपालिकामा रहने छ । समग्र जिल्लामा आगलागीको अवस्थामा प्रयोग गर्न २४ सै घण्टानै तयारीको साथ रहने खतिवडाको स्वाकीय सचिव हुकुम राईले बताए ।

 



प्रतिक्रिया दिनुहोस्