Logo

प्रचण्डलाई माधव नेपालले भने, ‘हाम्रो दिलको धड्‍कन उस्तैउस्तै ढंगले धड्‍‍कीरहेको छ’



काठमाडौं, १० बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दैदिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको दाबी गरेका छन्।

आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) पार्टीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले प्रचण्डलाई लक्षित गर्दै दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको दाबी गरेका हुन्।

उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोचहरु, कार्यशैली व्यवस्थापन र मनपनि मिल्यो भने एउटै पार्टी हुन सक्ने अध्यक्ष नेपालले दाबी गरे।

उनले भने, ‘किनभने हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको छ। कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ। त्यो दिन पनि टाढा छैन। त्यसो हुनाले हामीले हरेश खानुपर्ने आवश्यक्ता छैन।’



प्रतिक्रिया दिनुहोस्