Logo

उपनिर्वाचन अपडेटः तनहुँ– १ मा सबैभन्दा कम मत खस्यो



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । अहिले पछिल्लो जानकारी अनुसार तनहुँ– १ मा सबैभन्दा कम मत खसेको छ । तनहुँ– १ मा पछिल्लो जानकारी अनुसार ४८ प्रतिशत लगभग मत खसेको छ । सोही समयमा चितवनमा–२ मा ५४ प्रतिशत, बारा–२ मा ५० प्रतिशत मत खसेको छ । तनहुँ–१ मा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

तनहुँ– १ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् । कूल मतदातामध्ये पछिल्लो जानकारी लिँदा ४८ प्रतिशत मत खसेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्