काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत (आज)आइतबार भएको मतदानपछि आज रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको छ।
मतदान सकिएपछि मतपत्र संकलनको काम हुने र सकभर आजै रातिबाट मतगणना सुरू गर्ने निर्वाचन आयोगको तयारी रहेको छ।
तर, चितवनको इच्छाकामना र कालिका पहाडी क्षेत्र भएकाले मतपत्र भरतपुर आइपुग्न केही समय लाग्नेछ।
चितवन–२ को मतगणना भरतपुर–१० स्थित प्रदर्शनी केन्द्रमा हुनेछ। मतगणना स्थलमा सीसी क्यामरासहित फलामे तारबार गरिएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा मतपत्र च्यातिएको घटनाबाट शिक्षालिँदै त्यस्तो हुन नसक्ने गरी मतगणनस्थलमा फलामे तारबार गरिएको निर्वाचन आयोगले जनाएको छ।