Logo

बारा -२ को मतगणना स्थलको लाइभ गर्न सिके राउतको माग



काठमाडौं,११ वैशाख । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद डा.सिके राउतले बारा २ को उपनिर्वाचनको मतगणना स्थलको लाइभ गर्न माग गरेका छन् ।

आज एक ट्विटगर्दै राउतले जसपाका कार्यकर्ताले गत मंसिरको निर्वाचनमा सप्तरी २ मा दंगा मच्चाएको स्मरण गराँउदै उक्त कार्य अहिलेपनि हुन् सक्ने कुरामा सचेत रहन आग्रह गरेका छन् ।

उनले लेखेका छन् । ‘बारा २ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी (२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा का ४ बटा बाकसको सिल टुटेको भेटिएको छ  ।

 



प्रतिक्रिया दिनुहोस्