Logo

तनहुँ -१ मा स्वर्णिमले १७ हजार ९०२ मत पाउँदा भट्टराईले कटाए १० हजार मत



काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन् ।

झण्डै ३३ हजार मत गणना हुँदा वाग्ले १७ हजार ९ सय २ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् ।
उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १० हजार मत कटाएका छन् । उनले १० हजार २ सय २८ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

वाग्ले र भट्टराईबीचको मतान्तर ७ हजार ६७४ पुगेको छ ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्