काठमाडौं, ११ वैशाख । संक्रमणकालीन न्याय(टीआरसी) सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने सहमती भएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संक्रमणकालीन न्याय(टीआरसी) सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने सहमती भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको शीर्ष तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो।
संघीय संसद्का २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ।
यस्तै, संसदीय सुनुवाई समितिभने सभापति कांग्रेसले पाउने सहमती भएको छ।
१५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाको सहभागिता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले पाउने भएका छन्।
१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति एमालेले पाउने सहमिति भएको हो।