Logo

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं, ११ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको उनको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

‘समयको अभावले गर्दा हेर्न नभ्याइने भयो । सरकारी वकिल र जाहेरवालाहरुको केही अधिवक्ताहरुको वहस भयो । जाहेरवालाहरुले लामो वहस भएकाले आजको सुनुवाइ भ्याइएन । समय नभएको भएर आजको वसह वहस भएन । रेकर्डमा पनि रहेन । अर्को पेशी २४ गतेलाई छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस्