Logo

तनहुँ -१ मा स्वर्णिम वाग्ले जित नजिक



काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै आफुलाई जित नजिक पुर्याएका छन ।

झण्डै ३७हजार मत गणना हुँदा वाग्ले १९ हजार ६ सय ५३ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् ।

उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ११ हजार ६ सय ६९ मतका साथ उनलाई पछ्याईरहेका छन् ।
वाग्ले र भट्टराईबीचको मतान्तर ७ हजार ९८४ पुगेको छ ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १ सय ५२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्