Logo

चितवन -२ मा रवि लामिछानेको जित सुनिश्चित



काठमाडौं,१२ वैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो जित सुनिश्चित गरेका छन् ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार ३०० मत प्राप्त गरेका लामिछानेले यसपटक आफ्नो मत र मतान्तर दुबै बढाउने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्