Logo

रविलाई बधाई दिँदै जितनारायणले भने– ‘तपाईँ अब आम जनताको नेता’



काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसबाट चितवन–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको जित सुनिश्चित् भइसकेको छ । उनी ४० हजार बढि मतान्तरले अगाडि रहेका छन् । श्रेष्ठले लामिछानेलाई नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन् ।

‘बधाई दिन चाहन्छु, रवि लामिछानेज्यू जोश र जाँगरको साथ हिँड्नुभएको छ । प्रतिष्पर्धी उम्मेदवारको हैसियतले उहाँले सुरु गरेका हरेक रचनात्मक काममा साथ र सहयोग रहन्छ । दलभन्दा माथि उठेर मैले उहाँलाई नेपालको झण्डा उपहार दिएँ,’– श्रेष्ठले भने ।

साथै, लामिछाने अब रास्वपाको मात्रै नेता नभएर आम जनताको नेता भएको श्रेष्ठको दाबी छ । ‘उहाँ अब दलको मात्रै नेता होइन, मलाई मत हाल्ने कार्यकर्ताको पनि नेता हो । आम जनताको नेता हो । त्यसैले उहाँलाई शुभकामना र बधाई छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्