Logo

संसद्मा कांग्रेस संसद्को प्रश्न– ‘हामीले पनि बाँदर निर्यात गरे कसो होला ?’



काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बाँदरले किसानहरुको बाली नोक्सान गराएको प्रति संसद्को ध्यानाकार्षण गराएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै किसानलाई पनि राहत हुने र देशको आर्थिक संकट टार्न पनि टेवा पुग्ने भन्दै बाँदर निर्यातको प्रश्तावसमेत राखे ।

‘बाँदर हामीले पनि निर्यात गरे कसो होला ? यसो भन्दै गर्दा यहाँ कतै इको सिस्टमको कुरा उठाएर डलरवादीहरु चिच्याउने हुन् कि भन्ने मलाई आशंका छ । तर, पनि बाँदर आतंक अन्त गर्नुछ । अहिलेको अर्थिक अवस्थालाई हेरेर हामीले बाँदर निर्यात गर्न ठीकै हुन्छ होला जस्तो मलाई लागेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्