Logo

बारामा कुशवाहासँग यादवको फराकिलो मतान्तर



काठमाडौं, १२ वैशाख । बारा– २ मा उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो अपडेट अनुसार बारा–२ मा सबैभन्दा अगाडि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव रहेका छन् । उनी १५ हजार एक सय ८३ मतसहित अगाडि रहेका छन् ।

उनका प्रतिद्वन्द्वी उम्मेदवार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल पाँच हजार २७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्