Logo

बारा -२ मा उपेन्द्रको निरन्तर अग्रता



काठमाडौं,१२ वैशाख । बारा -२ को उपनिर्वाचनअन्तर्गत मतगणना चलिरहेको छ ।

भर्खरै प्राप्त मत परीणाम अनुसार सत्ता गठवन्धनको साझा उम्मेद्वार उपेन्द्र यादवले आफ्नो मतान्तर अझ बढाउँदै लगेका छन् ।

प्राप्त परीणाम अनुसार यादवले १५ हजार ९ सय ८० मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले ११ हजार १ सय ९८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले ५ हजार १ सय ४१ मत प्राप्त गरेका छन् ।

उपनिर्वाचनको मतगणना सकिएका तनहुँ -१ र चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वाहरु भारी मतसहित विजयी बन्दा बारा मा भने रास्वपा उम्मेद्वार रमेश खरेललाई आफ्नो जमानत जोगाउन हम्मेहम्मे परेको छ ।

प्राप्त मत परीणाम अनुसार उनले २ हजार एक सय २९ मत ल्याएर जमानत जोगाउन संघर्ष गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्