Logo

उधोगमन्त्री रिजाल र भारतीय पेट्रोलियम मन्त्रालयका प्रतिनिधिबीच भेटवार्ता



काठमाडौं, १२ वैशाख । उधोग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीबीच भेटवार्ता भएको छ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको सहसचिवस्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले मंगलबार बैठकपश्चात मन्त्री रिजालसँग भेटवार्ता गरेका हुन्।

सो कार्य समूहको बैठकमा नेपालको तर्फबाट उधोग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेका थिए। बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्नेलगायतका अन्य विविध विषयहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्